FAQs Complain Problems

संगठनात्मक स्वरुप

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, दक्षिण पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान( "ह ‍‍- रगत " "तुवा - बागेको" )  हतुवागढी भएको मानिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १६०० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ । 

सीमाना

उत्तर ः रामप्रषाद राई गा.पा., भोजपुर सदरमुकाम,
पुर्व - उत्तर:  पौवादुम्मा गाउँपालिका
पुर्व–दक्षिणमाः धनकुटा जिल्ला
दक्षिणमाः उदयपुर जिल्ला
पश्चिम दक्षिणमाः आमचोक गाउँपालिका

उचाइ  - समुद्र सतहबाट १६०० मिटर मयुङ।
क्षेत्रफल  -  १४२.६१  (वर्ग कि.मी.)
हावापानी - समशितोष्ण ।

समाबेश साबिक गाविस - रानीबास, होम्तंग, खैरागं, सिन्द्रंग, पात्लेपानी, हसनपुर ।

जनसंख्या -  २०४०४ कुल जम्मा (२०६८ को जनगणना)
गाउँपालिकाको नामाकरणः  पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान( "ह ‍‍- रगत " "तुवा - बागेको" ) को रुपमा "हतुवागढी"   नामाकरण भएको हो ।
गाउँपालिकाको प्रशासनिक विभाजन -   यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । ।
गाउँपालिकाको मुख्य नदीखोलाहरु
धन्यवाद ।